दफा २०
बोर्डको कार्यालय र कर्मचारी
(१) बोर्डको कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।
(२) बोर्डको कार्यालयको लागि आवश्यक पर्ने कर्मचारी मन्त्रालयले उपलब्ध गराउनेछ । मन्त्रालयले कर्मचारी उपलब्ध गराउन नसकेको अवस्थामा बोर्डले तोकिए बमोजिम सेवा करारमा कर्मचारी राख सक्नेछ ।
(३) उपदफा (२) बमोजिम करारमा राखिने कर्मचारीको पारिश्रमिक तथा सेवाका शर्तहरु तोकिए बमोजिम हुनेछ।